छोटो कविता!!

कहिले काँही त्यसै फुर्ने शब्दहरु
त कहिले हजार पानामा च्यातिन्छन
कहिले रात बितेको थाहा नहुने
त कहिले आधा रातमै जागिदिन्छन

हट्नेछन बादल कुनै दिन
दुख सुख केवल भ्रम हुन्
छाया र आत्मा वास्तविकता
संग्लो धमिलो केवल हेराई हुन्

कती मिठो यादहरु गसिएको तिमी
अचेल बसन्त मा नि फुल्न बिर्सेंछौ
अन्त कतै फक्रिदै गर्दा तिमी
मेरो साथ रहने बाचा नि भुलेछौ

Comments