Posts

Showing posts from June, 2011

सानो कविता!!

१) मारेर मर्दैन त्यो रगत पूर्खाको मेटेर मेटिन्न त्यो वीरता र्गोखाको बाँचुन्जेल सङ्घर्ष गर्नु परे गरिन्छ काल आए बरु हाँसि हाँसि मरिन्छ मानव संगै मानवता जन्मिएको भए के बन्थ्यो मानव आज गम्बिर विषय ?? २) कसैले माया गरेर मायाको बारेमा काहाँ थाहा हुन्छ र! माया के हो त्यो त कसैलाई माया गरे थाहा हुन्छ!! माया हृदयमा नखोज यसको बास त्याहाँ काहाँ हुन्छ र! दिन होस या रात माया त संधै आँखामा हुन्छ!! माया बाट टाडा रहने हरु माया तितो काहा हुन्छ र! सायद थोरै पियेर होला धेरै पिय माया पानि मिठो हुन्छ!! ३) कहिले जनजाती कहिले नेवार त कहिले क्षत्रिय जात जात आफै छुट्टाउने र बन्द गर्ने चलन सबैको प्रिय याहाँ नेपाली भनी नेपालका लागि अघि सर्ने रहेनछन् कोही सिमाना मिचि खानेछन् नेपाल अनि बस्नेछन् सबै रोई कतै महगिँ बढी त कतै कुहियर जान्छन् हेर अन्नको नाश राजनितिका बलतकारी तमासा हेर्छन् लम्पसार पर्छन् जनताकै लास