.."स्मारिका"..



म जीवन्त अन्धकारको फिरन्ता
तारुण्य नताशंमा उभिएको यात्रि
भवितव्य गतिमा लम्केको समीरण
अनि शंशाकको प्रस्रयमा डुबेको रात्री

उत्साह र उमङ्गले सुशोभित
म धीर स्नेह स्पर्शको दृष्टान्त
जीवनपरखमा दुर्जेय चित्तवृत्ति बोकेको
समयचक्रलाई पराजित गर्ने सिध्दान्त

हिँसा र हत्याको प्रतिकारक पखेरू
निर्दोश अनि निर्बलको पृथक सारथि
म दुख र व्यथाको परिभाषा बोक्ने
सत्यताको साउती कोर्ने परमार्थी

आमोद प्रिय बिहानीको प्रतिक
भौगोलिक परिवर्तनको अनुक्रमणिका
स्वतन्त्र मातृभूमिको उत्तरदायी नागरिक
म भूमण्डलको एक स्वर्णिम "स्मारिका"।।
म भूमण्डलको एक स्वर्णिम "स्मारिका"।।

Comments

  1. finding ur blog is like finding a gem while walking down the streets. if these are ur creation then i must say u r good at this. keep writing. keep creating :)

    ReplyDelete
  2. http://sucidal-langoor.blogspot.com

    you should work out for publishing a book

    ReplyDelete

Post a Comment